नेपालमा चर्को विवाद भईरहँदा आरजु कै कारण आउँदैछिन् एमसीसीका उपाध्यक्ष फतिमा सुमार ?

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० स्वीकृत नगर्न सरकारलाई चर्को दवाव परिरहेका बेला विहिबार एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।

नेपालमा एमसीसीको चौतफी विरोध भईरहेको छ । सत्तामा रहेका कांग्रेसका थोरै अनि सरकार समर्थक राजनीतिक दलका धेरै नेताहरुले यसको विरोध पनि गरेका छन् । काग्रेसकै पनि कतिपय नेताहरु एमसीसीको पक्षमा देखिएका छैनन् । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा एमसीसीको विरोध गर्ने नेताहरु अहिले मौन बसेका छन् ।

एमसीसीको विरोधमा नागरिक स्तरबाट नै विरोध भईरहेका छन् भने दैनिक जसो साना ठूलो जुलुशहरु राजधानीमा निस्कि नै रहेको देखिन्छ । एमसीसीको विरोध भईरहेपछि एमसीसीको विषयमा विषयमा स्पष्ट पार्नका लागि एमसीसीले केही बुँदा नेपाल सरकारलाई पठाएको ती बुँदाहरु सार्वजनिक पनि भईसकेका छन् ।

बुधबार मात्र एमसीसीमा उल्लेखित केही बुँदाहरु सार्वजनिक हुनु र आज विहिबार एमसीसीका उपाध्यक्ष नेपाल आउनुलाई शंकाका दृष्टिकोणले हेरिएको छ ।

अमेरिकी सरकारले नेपालमा एमसीसी कार्यान्वयन गराउनका लागि वर्तमान देउवाको सरकार उपयुक्त देखेको पनि छ । प्रधानमन्त्री पत्नी आरजु देउवा विगतदेखि नै अमेरिकी सहयोगमा विभिन्न परियोजना सञ्चालन गरेकी कारण पनि यसलाई जसरी पनि पास गराउनु पर्दछ भन्ने कुरामा देउवालाई सहमति गराईसकेको समेत श्रोतले बताएको छ ।
एमसीसी उपाध्यक्ष परियोजना कार्यान्वयनको अवस्था बुझ्न आएको भनिएता पनि उनी प्रधानमन्त्री पत्नी आरजु कै कारण नेपाल भ्रमणमा आएको श्रोतले बताएको छ ।