बालकोट पुग्यो उपाध्यक्ष फातिमासहितको टोली

काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली ओलीलाई भेट्न बालकोट पुगेको उनको सचिवालयले जनाएको छ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार औपचारिक भेटवार्ताको तयारी भइरहेको छ।

बिहीबार बिहान काठमाडौँ आएकी सुमारले एमसिसीको पक्षमा माहोल बनाउन सबैभन्दा पहिला ओलीसँग भेटवार्ता गर्न लागेको हो।
गत वर्ष असार १६ गतेभित्रै संसदबाट अनुमोदन भइसक्नुपर्ने एमसिसी नेपालको आन्तरिक राजनीतिक किचलोको कारण पास हुन सकेको छैन।

दिन बित्दै जाँदा नेपालमा एमसिसीको विपक्षमा चर्को माहोल सिर्जना भएको छ। सबै जसो दलभित्र उक्त परियोजन अस्वीकार गर्नुपर्ने मत बलियो बन्दै गएको छ भने जनस्तरबाट विरोध प्रर्दशन भइरहेको छ।

एमसिसीका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन्।