दोलखाका बाढीपहिरो पीडितलाई लायन्स क्लव अफ नेपाल शेर्पाद्धारा राहत वितरण

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाको लापिलाङमा गएको पहिरोबाट पीडित स्थानीय बासीलाई न्यानो कपडा सहित व्ल्याङकेट वितरण गरिएको छ । विगत लामो समयदेखि रानीवन पहिरोका कारण घरखेत गुमाएका ३ सय ५६ परिवारलाई लायन्स क्लव अफ नेपाल शेर्पाज्ले राहत स्वरुप व्ल्याङकेट, स्वेटर कपडा वितरण गरेको हो ।

लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र नेपाल–चीन उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोक जिल्लाको संयुक्त आयोजनामा ३ सय ५६ पिस ब्यालङ्केट,१ सय ८ पिस उनिको सुईटर वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा नेपाल–चीन उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोक जिल्लाको तर्फबाट मास्क ६ हजार पिस र सेनिटाइजर ६ लिटर वितरण गरेको छ।

पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको देखिन्छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको भएको पीडित गाउँलेहरु बताउँछन।
गाउँलेहरुमा आइपरेको विपत्ति आफै पुगेर देख्दा ज्यादै मार्माहत महसुस गरेको लायन्स क्लब अफ नेपाल शेर्पाजका डिजास्टर रिलिफ सम्योजक जाङ्बु शेर्पा बताउँछन् ।

पहिरोले गर्दा थुप्रै भागहरु कटान निरन्तर भएको र जति सक्दो छिटो बस्तीलाइ सुरक्षित स्थानन्तरणको खाँचो रहेको लायन्स् क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पाको भनाई छ ।

कालिञ्चोक गाउँपालिकाको लापिलाङका पीडित स्थानीयबासीहरुलाई राहत वितरणका लागि लायन्स क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा, क्लब डाइरेक्टर दावा शेर्पा, उपाध्यक्ष चेङ्गा शेर्पा, डिजास्टर रिलिफ संयोजक जाङ्ग्बु शेर्पा, वातावरण संरक्षण संयोजक बिरे शेर्पा र डाइबिटिज संयोजक छिरिङ्ग डोल्मा शेर्पा लगायत क्लब्का सदस्य लापिलाङ पुगेका थिए ।