माओवादीबाट मन्त्री हुनेमा कमला रोकाको नाम पनि चर्चामा

काठमाडौं । करीव दुई तिहाईको नेकपाको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीलाई सर्वोच्चको आदेशबाट पाखा लगाएपछि सर्वोच्च कै आदेशमा अहिले शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् । सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले पूर्णता भने पाउन सकेको छैन ।

सरकारको गठवन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरु बनाउनका लागि अहिले निकै रस्साकस्सी चलिरहेको छ । अध्यक्ष प्रचण्डलाई अहिले मन्त्रीको नामावली तयारी गर्न पनि निकै नै कष्ट भएको देखिन्छ ।
वर्तमान गठवन्धनको सरकारमा सामेल गराईने मन्त्रीहरु सजिलो खालका हुनु पर्ने भएकाले पनि अहिले चर्चामा आएका मध्ये माओवादी जनयुद्धदेखि नै सक्रिय रहेकी रुकुम पूर्वबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कमला रोकाको पनि भावी मन्त्रीका रुपमा चर्चा चल्न थालेको छ ।

माओवादीबाट प्रत्यक्ष निर्वाचनमा मन्त्री बन्न नपाएकी रोकालाई यो पटक भने माओवादीले केन्द्रले मन्त्री बनाउने करीव पक्का पक्की देखिएको छ ।

खासगरी प्रत्यक्ष निर्वाचनमा निर्वाचित पम्फा भुसाल अहिले मन्त्री छन् भने यस अघि विना मगर मन्त्री बनिसकेकी छिन् । त्यसकारण पनि अव मन्त्री हुनै पर्नेमा कमला रोका पर्दछिन् । जसका लागि पार्टी अध्यक्ष प्रचण्ड रोकाको पक्षमा सकारात्मक रहेको माओवादी केन्द्र निकट नेताले बताएका छन् । रोका माओवादी थालेको १० वर्ष जनयुद्धको पहिलो महिला छापामार र निर्वाचित प्रतिनिधि सभा सदस्य भएकाले पनि मन्त्री बन्नका लागि सहज हुने देखिन्छ ।

माओवादी जनयुद्धमा विभिन्न मोर्चामा अग्रपंक्तिमा लडेकी उनी जनमुति सेनाको बिग्रेट कमिसार समेत थिइन । यस्तै माओवादीले जन युद्ध को सुरुवात गरे को दिन २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी आक्रमणको क्रममा पहिलो महिला छापामारको रूपमा समेत सहभागी भएकी थिइन ।