पाँच सय ३४ जनाको कैद मिनाह गर्ने गृहको तयारी

काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो ।

‘५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाह गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने र ७ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो । 

त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले स्वीकृती दिएपछि उनीहरूलाई आममाफीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने पनि गृहले जनाएको छ ।