विरामीलाई आवश्यक रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं । कोभिड १९ को महामारीमा रक्त व्यवस्थापनमा भएको समस्या समाधान गर्नका लािग नेपाल स्वयंसेवी रक्तदाता समाजले जावालाखेलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिडको महामारीले रक्त व्यवस्थापनमा परेको नकारात्मक प्रभावलाई न्यूनिकरण गरी उपचारका क्रममा रहेका विरामीका आफन्तलाई रगत सहज रुपमा उपलब्ध होस् भन्ने सोचले समाजले देशभर रहेको आफ्ना स्वयंसेवकहरुलाई रक्तदानका लागि आव्हान गरेको थियो ।

सोही आव्हान बमोजिम लायन्स क्लव अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रियालयन्स फाइनान्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा आयोजित सो रक्तदान कार्यक्रममारक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि प्रेमसागर कर्माचार्य, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले संयुक्तरूपमा प्रशंसा(पत्र वितरण गरेका थिए ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष रोशन कुमार श्रेष्ठको सभापतित्वमा सञ्चालित सो रक्तदान कार्यक्रममा महिला, पुरूषगरि जम्मा ४१ जनाले रक्तदान गरेको थिए ।