इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् ।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन उनी खुम्बु पुगेकी थिइन् ।

केडिया मारवाडी घरानाका हुन् ।

उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औंठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन् ।