कमिशन खोरीहरु कुर्सी छोड्दा रुवावासी, नागरिक उड्ययनमा भाँडभैलो मच्चाउँदै प्रदीप अधिकारी

काठमाडौं । सरकारी निकायमा कार्यरत उच्च कर्मचारीहरु मालदार पदमा बसिरहनका लागि शक्ति केन्द्रदेखि आर्थिक लेनदेनमा समेत लम्पसार पर्ने गर्दछन् । जनताको सेवा गर्ने वाचा लिएर सरकारी कार्यालयमा जागिर खाएकाहरुको काम पछिल्लो समय जसरी हुन्छ, लुट र मोज गर भन्ने नै देखिएको छ । अहिले त्यही परिस्थितिमा पुगेको देखिन्छ नागरिक उड्ययन प्राधिकरणका कर्मचारीका हाकिमहरु ।
नागरिक उड्डयन प्राधिकरणको कर्मचारीहरुका सेवाका शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ३्२ लाई मिचेर खुला प्रतियोगिताबाट पदपूर्ति गर्न नमिल्ने ९शत प्रतिशत बढुवाको माध्यामबाट पदपूर्ति गर्नु पर्ने० मिश्रित सेवा समूह भएको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको ११ औं तहको पदलाई तत्कालिन महिनर्देशक संजिव गौतमलाइ प्रलोभनमा पारि खुला प्रतियोगिताको नाटक मंचन गरि ४ वर्ष अगाडि ८ तहबाट फड्को मारी प्राधिकरणको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको निर्देशक पद हत्याएका प्रदिप अधिकारीको अहिले रुवावासी चलेको छ ।
प्राधिकरणको नियमलाई लत्याउँदै निर्देशक पद हत्याएका उनले तत्कालिन राजनैतिक शक्तिको आडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपुर्ण तीन वटै आयोजनाहरू आफ्नो कब्जामा लिएका थिए ।
अधिकारिले तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परी एरोड्रम ईञ्जिनियरिङ विभागको निर्देशकको निधन लगत्तै ७ दिन भित्र सो विभाग समेत आफ्नो नियन्त्रणमा लिएका थिए। हालसम्म उनी राष्ट्रिय गौरवका आयोजना तथा एरोड्रम ईञ्जिनियरिङ विभागको प्रमुखको रुपमा दोहोरो जिम्मेवारी मै थिए।

ती आयोजना र विभागहरुको निर्माण, परामर्श तथा जग्गा अधिग्रहणमा खुलेयाम अनियमितता गरी अधिकारीले छोटो समयमै अकुत सम्पति आर्जन गरिसकेका छन्। कतिपय परामर्शदाता कम्पनी र निर्माण कम्पनीमा समेत उनको साझेदारी रहेको छ । आफुले चाहेको कम्पनीलाई ठेक्का नपरेसम्म उनि ठेक्का रद्द गर्ने र पुन ः सुचना निकाल्ने गरि रहन्थे। गौतम बुद्द अन्तरास्ट्रिय बिमानस्थल र दोस्रो अन्तर्राष्त्रिय विमानस्थलको परामर्शदाता छनौट गर्दा राम्रा परामर्शदातालाई पाखा लगाएर आफु निकट परामर्शदाता छनौट गरेका थिए। यसरी आर्जन गरेको अकुत सम्पत्ति उनले जग्गामा लगाएका बुझिएको छ। सेवामा प्रवेश गरेको छोटो अवधिमै ललितपुरमा २ ओटा आलिशान घरहरु, प्रशस्त जग्गा जमिन, विलासी महँगो सवारी साधन जोडेका छन्। यिनै विषयमा निज विरुद्ध अख्तियारमा परेको कैयौं उजुरीहरू समेत राजनैतिक पहुँचको आधारमा तामेलीमा पर्दै आएको छ ।

त्यसरी आर्जन गरेको अकुत सम्पत्ति प्रयोग गरि हाल निज अधिकारी आफू भन्दा माथिका ३ जना १२ तहका अधिकृत तथा आफूभन्दा सिनियर ११ तहका ७ जना निर्देशकहरुलाई पछि पार्दै पैसाको आडमा प्राधिकरणको महानिर्देशक बन्ने दाउमा थिए। अकुत सम्पत्ति जोगाउनको लागि प्राधिकरणबाट बहिर्गमन हुन चाहेका अधिकारीले अहिले नै जागिर छोड्दा शंकाको घेरामा पर्ने डरले साम दाम दण्ड भेद प्रयोग गरि ११ तह बाटै केहि समय भए पनि महानिर्देशक बन्न पाएमा सेफ एक्जिट भइने र हालसम्म कमाएको धन सम्पत्ति राजनैतिक पहुँचको बलमा जोगाउन सकिने उनको दिवा सपना रहेको उनि निकटस्थहरुले बताएका छन।

३्४ बर्ष अगाडी पनि प्रदिप अधिकारीले आफ्ना समकक्षि हरि अधिकारिलाई उपमहानिर्देशक कै कार्यकक्षमा घाँटी समातेर मुक्का प्रहार गरेका थिए। त्यस बिरुद्द प्रहरीमा उजुरी दिएका हरिलाई खुट्टा समातेर माफी मागेपछि हरिले उजुरी फिर्ता लिएका थिए।

सरुवा बढुवामा समेत निज अधिकारीले धेरै कर्मचारीलाई दुख दिदै आएका छन्। आफु संग सम्बन्धित कार्यक्षेत्र भन्दा अरु अरु निर्देशनालय र बिभागमा समेत निजको कुदृष्टि परेकोले सम्पुर्ण कर्मचारीहरु चिन्तित तथा आतंकित छन्। प्राधिकरणका समस्त कर्मचारीहरुले यिनको आतंकबाट यथाशीघ्र मुक्ति चाहेका छन्।
सो विषयमा प्रदीप अधिकारीलाई कार्यालयमा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । उनको निजी सचिवालयमा रहेकी महिला कर्मचारीले भने आउने नआउने ठेगान नै नभएको बताईन् । सरकारी जागिर खाएर विहान ११ः १५ बजेको समयमा कार्यालय नहुने र शक्ति केन्द्र धाउने अधिकारीले गरेका कर्तुतहरु विस्तारै सार्वजनिक होलान् नै ।