डा धनञ्जयको आँखामा धनै धन, २५ लाख खर्चेर नियम विपरित काम

काठमाडौं । कोभिड १९ का कारण पर्यटन क्षेत्र ध्वस्त भएको भएपनि पर्यटनसँग सम्वन्धित सरकारी निकायमा भने ब्रम्हलुट नै मच्चिएको छ । पर्यटन प्रर्वद्धनका लागि खुलेको नेपाल पर्यटन बोर्ड लुटी खाने अड्डाका रुपमा विकसित हुँदै आईरहेको छ । विगतमा पर्यटन क्षेत्रका लागि कागजी काम गरेर करोडौं रुपैयाँ कुम्लाउँदा बोर्डमा अख्तियारले छापा मारी प्रमुख कार्यकारी निर्देशक सुवास निरौला लगायत दर्जनौको जागिर नै धरापमा परेको थियो ।

शक्तिको आडमा अख्तियारमाको मुद्दालाई समेत ओझेलमा पारेर त्यस बेला सुवास निरौला लगायतका कर्मचारीहरुलाई सफाई दिने काम समेत भएको थियो । अहिले फेरि कोभिड १९ को नजिक नेपाल पर्यटन बोर्डमा नियुक्ति कार्यकारी निर्देशकका रुपमा नियुक्ति पाएका डा धनञ्जयको आँखामा धनै धने परेपछि तीन वर्ष अघि मात्र मर्मत गरेको कार्यकारीको कार्यकक्षलाई फेरि सम्भारका नाममा आर्थिक अनियमितता भएको देखिन्छ ।

सार्वजनिक खरिद नियमावालीमा ५ लाख भन्दा बढीको सेवा लिनु पर्दा टेण्डरमा जानु पर्ने नियमलाई समेत अत्याउँदै डा धनञ्जयको आँखामा धनको लोभ परेपछि उनले आफ्नो कोठा मर्मत सम्भार गनैका लागि विना टेण्डर २५ लाख रुपैयाँ खर्च गरेका छन् । तर पिचएचडी धारी धनञ्जयले पैसा कसरी असुल्नु पर्दछ भन्ने जानकार भएकै कारण उनले टुक्रा टुक्रा पारी २५ लाख खर्च गरी भ्रष्टाचारको गरेका छन् । अव यसरी गरिएको भ्रष्टाचारमा अख्तियारले आँखा पु¥याउला नपु¥याउला तर सम्पत्ति शुद्धिकरणले भने सम्पत्ती छानविन गर्नु जरुरी देखिएको छ ।