आर्थिक अनियमितता गरेको भन्दै सामुदायिक वनका अध्यक्ष विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

समूहका तात्कालिन अध्यक्ष कुल बहादुर खत्री, तत्कालीन सचिव शोभा भनिने शवी कुमारी खड्का र तत्कालीन कोषाध्यक्ष टोपेन्द्र थापाले आव. २०६८/०६९ देखी आ.व.२०७०/०७१ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित घुम्ती कोष लगानी विवरणमा रु. ३,७२,०००।– लिएरदिएको भनी भरपाईसमेत नभएको झुट्टा विवरण बनाएको साथै बन हेरालुलाई तलब रु।८४,०००।– दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा मनसुता सामुदायिक वन उपभोक्ता समुहको सम्पत्ति रु।४,५६,०००।– बदनियतपूर्वक हिनामिना गरेको आरोप लगाइएको छ ।

समूहको हिनामिना गरेको रकम आरोपीहरुबाट नै असुल उपल गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।