कांग्रेसको महाधिवशेन उद्घाटनमा राजतन्त्रको वहश

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा राजतन्त्रको वहश चलेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीदेखि नेकपा समावादीका नेता माघव नेपालसम्म राजतन्त्रका विषयमा वहश गरेका छन् ।
सोही कार्यक्रममा राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकार, सरकार जस्तो नभएको र संसद संसद जस्तै नभएको बताएका छन् । नेपाली काग्रेसको महाधिवेशनलाई सम्वोधन गदै राप्रपा अध्यक्ष लिङदेनले सो कुरा बताएका हुने । उनल आम नागरिकबीच राजनीतिमा वितृष्णा जागेको बताउँदै नेताहरु प्रति जनताको विश्वास मदैै गएकोले राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताको सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सासदले मन्त्री हुन नपाउने व्यवस्था लागू गर्नु पर्ने बताए ।

उनले कांग्रेस नेपालको जेठो राजनीतिक दल भन्दै महाधिवेशनको पूर्णसफलता व्यक्त गरे। उनले भने,ु ‘२०४७ पछि देशमा बनेका कुनैपनि सरकारले कुनैपनि कार्यकाल पूरा गर्न सकेनन् । नफुटेको कुनै दल भएनन् । कान्छो दल विवेकशिल फुट्यो ।’