देउवाले हारे भने कहिल्यै कांग्रेसको सरकार बन्दैन हो ?

काठमाडौं । सर्वोच्च अदालताको परमादेश पश्चात प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आफूलाई पार्टीको सभापतिमा जिताए आगामी सरकार कांग्रेसको हुने अभिव्यक्ति प्रकट गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्ने क्रममा देउवाले सो कुरा बताएका हुन् । उनले सभापतिमा आफूलाई जिताउन कार्यकर्ताहरुलाई आह्वान पनि गरेका छन्। उनले चुनावपछि फेरि कांग्रेसको सरकार बन्ने दाबी गर्दै आफूलाई जिताउन आह्वान गरेका हुन्।

ुजुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन कस्तो थियो। म प्रधानमन्त्री भएको भोलिपल्ट सबैले मुक्ति पाएको महसुस गरे। सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए,ु उनले भने।

उनले अगाडि थपे, ुअब त्यो मुक्ति बचाउने हो कि नबचाउने हो त्यो महाधिवेशनले तय गर्छ। डरत्रासबाट मुक्त समाज निर्माण गर्नुछ। तानाशाही सरकार
उनले कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार, राष्ट्रिय सरकार कांग्रेसको हुने देउवाले दाबी गरे। ुत्यसकारण मलाई जिताइदिनुहोस्। डरत्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ। नेपाललाई कांग्रेसको सरकार बनाइन्छ, उनले भने।
शेरबहादुर देउवाको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने काग्रेस सभापतिमा शेरबहादुर देउवाले नेतृत्व नलिए कहिल्यै पनि कांग्रेसको सरकार नआउने हो त ?