महामन्त्रीमा गगनलाई किन हराउने भन्छन् कांग्रेस कार्यकर्ता ?


काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशन आजबाट शुरुआत भएको छ । महाधिवशेन उद्घाटना सत्रमा कांग्रेसका कुरा भन्दा पनि अन्य पार्टीका चर्चा बढी भए । कांग्रेसको महाधिवशेनमा शुभकामना दिन आएका ओली, माधवदेखि प्रचण्डसम्मले राजतन्त्रको कुरा गरे । तर कांग्रेसले २००७ सालदेखि गरेका कुनै पनि राम्रा कामको कुरा गरेनन् । गरुन् पनि किन । नेपाली काँग्रेसले पछिल्लो समय नेतृत्वमा राम्रा व्यक्ति पठाउन सकेन ।
युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्ने काँग्रेसको नेतृत्व ७० नाघेकाहरुलाई नै वोकेर हिडिरहेका छन् । अझ युवा पुस्ताको निकै दुहाइ दिने गगन थापा चौरासीका बुढा वोकेर महाधिवेशनमा अघि बढि सकेका छन् । काठमाडौंका गगन थापाले गर्ने चर्का भाषणले र युवा पुस्ताको नाम गरेको व्यापारले नै उनले अहिलेसम्म निर्वाचित हुँदै आएका हुन् । अझ संसदीय निर्वाचनमा गगन थापाको विपक्षमा एमालेले गतिलो उम्मेदवार नउठाएका कारण पनि उनले निर्वाचन जित सुनिश्चित गरेका हुन् । सायद अव गगन थापालाई उनकै पार्टीका युवा पुस्ताले क्रमश साथ छाड्दै छन् ।

जिल्ला निर्वाचनको उनले युवा पुस्ता भन्दा पनि बुढा पुस्ता वोकेर हिडेका कारण पनि कांग्रेसको महाधिवेशनमा गगन महामन्त्रीमा निर्वाचित हुन सक्ने संकेत देखिएको छैन । भाषणमा युवा पुस्ताको दुहाई दिने तर काम गर्ने बेलामा युवा पुस्तालाई पाखा लगाउने कारण पनि गगनको महामन्त्री सुनिश्चित छैन । शुक्रबारबाट शुरु भएको कांग्रेस महाधिवशेनमा अधिकांश युवा मतदाता गगन थापालाई कुनै पनि हालतमा हराउने भन्ने अभियानमा जुटेका छन् ।

गगन थापा जस्तो क्रान्तिकारी भाषण गर्ने, युवा पुस्ताको विषयमा बोल्ने तर उनीहरुका पक्षका कुनै पनि काम नगर्ने स्वार्थीपनका कारण पनि गगत महामन्त्री पदमा हार्दै छन् । गगनले युवा पुस्ताको नाममा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गरेको र पार्टीको नेतृत्वादायी भूमिकामा युवा पुस्तालाई लैजान नहुने कुतर्क गरेर हिडेकाले पनि उनले त्यसको चर्को मूल्य चुकाउनु पर्ने भएको छ । उनको बोली र व्यवहार फरक भएका कारण पनि महाधिवेशनमा महामन्त्री पदमा हराउनका लागि कार्यकर्ताहरु लागि परेका छन् । सायद यो पटक गगनले महाधिवेशनमा महामन्त्री जित्ने छैनन ।