चुनाव हारेपछि रन्थनिएका कमल थापाले पूर्वराजा विरुद्ध पत्र नै पठाए लिङ्देनलाई

DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS


काठमाडौ । राप्रपाको एकीकरण पश्चात भएको महाधिवशेनमा अध्यक्ष पदमा पराजित भएपछि रन्थनिएका कमल थापा यतिखेर पूर्व राजा ज्ञानेन्द्रप्रति निकै आक्रामक बनेका छन् । कमल थापाले सामाजिक सञ्जालदेखि विज्ञप्ति नै जारी गरेर पूर्व राजा विरुद्ध विष बमन गर्न थालेका हुन् । जसको पछिल्लो उनको पीडा भने राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्दै लिङ्देनलाई पठाएको पत्रले नै स्पष्ट पारेको छ । सँधै भरी पाटीभित्र हैकम जमाउँदै हिन्दुहरुको नाममा कमाउने धन्दामा रमाएका थापा अध्यक्षमा हारपछि भने निकै नै छट्पटाएका छन् । त्यसकारण पनि उनले राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरे ।
थापाले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको पनि बताउँदै ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति (कमल थापाले आफैलाई भनेका हुन् ) त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

थापाले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् ।