नारायणहिटीमा रेष्टुरेष्ट निर्माणका लागि भेष नारायणको गोप्य खेल तुहियो

काठमाडौं । आफूलाई निकै नै इमान्दार कर्मचारीका रुपमा देखाउन खोज्ने नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको गोप्य खेल तुहिएको छ । वतास समूहलाई नारायणहिटी भित्र रेष्टुरेष्ट सञ्चालन गर्नका लागि गैरकानूनी ढंगले आर्थिक प्रलोभनमा परेर उनै भेष नारायण दाहालले स्वीकृत दिएका थिए ।

नारायणहिटी भित्र रेष्टुरेष्ट निर्माण शुरु भएसँगै विभिन्न सञ्चार माध्यमहरुले त्यसको विपक्षमा समाचारहरु प्रकाशन गरेपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समितिलाई तत्काल काम रोक्न आदेश दिएसँगै कार्यकारी निर्देशक भेषनारायण दाहालको सपना चकनाचुर भएको छ ।

पुरातत्व विभागका बस्दा समेत भूकम्पनले क्षतिग्रस्त बनाएका सम्पदा पुर्ननिर्माणमा आफू अनुकुल नभए यो वा त्यो नाममा काम गर्न नदिने दाहाल पछिल्लो समय नारायणहिटीमा रेष्टुरेष्ट निर्माणका लागि बतास समूहसँग उठबसमा लागिरहेका थिए । धन्न मन्त्री प्रेम आलेले रेष्टुरेष्ट निर्माण रोक्न आदेश दिए र उनै भेषनारायण दाहालले आफैले रेष्टुरेष्ट रोक्न आदेश दिएका छन् ।