वन निर्देशक हेमराज विष्टले ६ करोड भ्रष्टाचार गरी श्रीमतीको नाममा राखेको खुलासा

काठमाडौं । सुदुरपश्चिा प्रदेश सरकार वन निर्देशनालय धनगढी कार्यरत निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड भन्दा बढी रकम भ्रष्टाचार गरी श्रीमतीको नाममा राखेको खुलासा भएको छ । विष्टले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्ककली वन उपभोक्त घरधुरी खडा गर्ने लयायतका कार्य गरी रुख कटान गर्ने कार्यक्रमा संलग्न भई भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

विष्टले पदको दुरपयोग गरी भ्रष्टाचार आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट विष्टले भ्रष्टाचार गरी करीव ६ करोड भन्दा बढीको रकमबाट घरजग्गा खरिद तथा वैकमा श्रीमती रुवी जिसीको नाममा जम्मा गरेका देखिएको थियो ।

छानविनका क्रममा विष्टले भ्रष्टाचारको गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड ८७ लाख विगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन् ।