लोकतन्त्र पार्टी नेपालले किन भारतलाई शत्रु राष्ट्र घोषणा गर्दै पत्र लेख्यो ? मोदीलाई लेखेको पत्रका के भनिएको छ ?

काठमाडौं । पूर्व सञ्चारकर्मी समेत रहेका अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेको छ ।

राष्ट्रिय स्वाधिनताका बिषयमा खरो रुपमा उत्रँदै आएको उन्नत लोकतन्त्र पार्टीले इण्डीयाले पटक पटक देखाइरहेको हेपाह प्रवृतीको कडा शब्दमा निन्दा गर्दै त्यहाँका प्रधानमन्त्रीलाई पत्र लेखेको छ । नेपाल सरकारले दरो सँग अडान लिन नसक्दा सो पार्टीले भने इण्डीयालाई शत्रु राष्ट्र समेत घोषणा गरेको छ ।

मोदीलाई सम्बोधन गर्दै नेपाली भूभाग लिपुलेक सन्दर्भमा सँधियार शत्रुराष्ट्रको अभियोग लगाएर नेपालबाट पत्राचार भएको छ । उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष स्वागत नेपालको दस्तखतसहित नेपालका तर्फबाट मोदीलाई सम्बोधन गरी पठाईएको पत्रमा यस्तो आरोप लगाईएको हो ।

नेपालका सबै राजनीतिक दलहरुले लिपुलेक प्रकरणमा भारतको हस्तक्षेप बन्द गर्न अनुरोध गर्दै प्रेस बिज्ञप्तिहरु सार्वजनिक गरिरहेका र नेपाल सरकारले पनि लिपुलेक नेपालको भूमि भएकाले भारत सरकारलाई ध्यानाकर्षण गराएको थियो । तर पनि भारत सरकारका प्रधानमंत्री र जिम्मेवार अन्य पदाधिकारीहरुले नेपाली भूभागमाथि धावा बोल्ने काम गरिरहेका छन् । यसै परिप्रेक्षमा मोदीलाई र मोदी नेतृत्वको भारतलाई सँधियार शत्रु राष्ट्र घोषणा गरिएको हो । प्रस्तुत छ मोदीलाई सम्बोधन गरि पठाईएको पत्रको पूर्ण अंश स्

‘नरेन्द्र मोदी , प्रधानमन्त्री,

सँधियार सत्रुराष्ट्र इण्डिया,

मोदी जी, हामी तिमीलाई अध्यात्मिक मान्छे नै ठानेर झुक्किएका रहेछौँ । तिमी त छिमेकीको घरमूली कमजोर देखेर छिमेकीकी आमा बलात्कार गर्ने दानव रहेछौ । तिमीले नेपाल मात्र होइन सीमाना जोडिएका सबै छिमेकीका आमाविरुद्ध दुर्व्यवहार र हातपात गरेका छौ । तिमी दक्षिण एसियाली क्षेत्रीय आतंकवादीको नेता हौ । अध्यात्म र दर्शनको बुर्का लगाएर आफ्नो दानवीय चरित्र लुकाउँदैछौ । छिमेकीको मातृबलात्कार गर्नेवाला मित्रराष्ट्र हुँदैन, सँधियार सत्रु राष्ट्र हुन्छ ।

तिमी हिन्दुको नाममा कलंक हौ । तिमीले विश्वमा धेरै हिन्दूत्व र अध्यात्मिक राजनीतिको भाषण गर्दै हिँड्यौ । तर, तिमीले बुझ्नुपर्छ कि विश्वमा अध्यात्मिक राजनीतिको नेतृत्व तिमीले होइन हामीले गर्छौँ । किनकि, छिमेकीकी आमालाई संकटका बेला बलात्कार गर्नेवाला अध्यात्मिक र हिन्दु हुन सक्तैन । र, अध्यात्म र दर्शनको विश्व नेतृत्व गर्न भौगोलिक रुपमा देश ठूलो भइरहनु पर्दैन । तिमी कौरव हौ, हामी पाण्डव हौँ । त्यसैले हामी तिमीलई थोरै हतियारले पनि जित्ने छौँ ।

अन्यायका विरुद्ध निहत्था भए पनि आक्रमणमा उत्रिन गीता, रामायण, महाभारतले नै हामीलाई सिकाएका छन् । तर, त्यसपूर्व एक पटक क्षमा दिएर हेर्नुपर्छ भनिएको छ । त्यसैले हामी नेपालीमा क्षमाको संस्कार छ । तिमी सुध्रन्छौ भने हामी तिम्रो मुर्खतालाई पुनः एक पटक क्षमा दिन्छौँ । नत्र चाँडै नै अब यो संसारका सबै विद्यालयका विद्यार्थीले आफ्नो टेबलमाथि इण्डियाविहीन ग्लोब राखेर इण्डिया भन्ने देश यतैकतै थियो भनेर खोजिरहेका हुनेछन् ।

पहिला त हाम्रा गोर्खा रेजिमेन्टका नेपालीहरुले तिम्रो हतियार तिमीलाई नै बुझाएर तिमीमाथि खुकुरी दाग्ने छन् । र, बेलायती सेनाबाट मात्र होइन पछिल्लो समयमा अमेरिका लगायत अन्य देशमा सैनिकमा रहेका सारा नेपालीहरु तिमीलाई धुलीसात गर्न आक्रमणमा उत्रिने छन् । हिजो तिमीलाई स्वतन्त्र गराउन अंग्रेजसँग खुकुरी मात्र लिएर तोपका विरुद्ध भिडेका नेपालीहरुसँग आज त आधुनिक हतियार पनि छन् । भौतिक रुपमा इण्डियालाई खत्तम गरिसकेपछि तिमीविरुद्धको घृणा प्रदर्शन गर्दै करोडौं नेपालीहरुले एकै पटक थुकेरै ग्लोबबाट इण्डियाको नक्सा मेटाइदिने छन् ।

के तिमी सुध्रन तयार छौ रु अथवा, कौरवजस्तो यद्धको लागि आत्मविनास निम्त्याउन चाहन्छौ रु निर्णय लिनुपूर्व तिमी यो विचार गर कि संसारका हिन्दू नै तिम्रो विरुद्धमा छन् । संसारका इस्लामहरु तिम्रो विरुद्धमा छन् । संसारका बुद्धमार्गीहरु तिम्रो विरुद्धमा छन् । संसारका क्रिश्चियनहरु तिम्रो विरुद्धमा छन् । सबैभन्दा महत्वपूर्ण त हिन्दूहरु नै तिम्रो विरुद्धमा छन् । त्यसैले तिम्रो कारणले विश्वयुद्धको खतरा छ र अर्को महाभारतमा पनि जीत सत्यको हुनेछ, जीत हाम्रो हुनेछ । बुद्धभूमि, शिवभूमि, सीताभूमि, मनुभूमि, व्यासभूमिको जीत हुनेछ । त्यसैले तिमीले आफ्नो विनास ननिम्त्याऊ । नेपालको मिचेको भूमि छोड । टिष्टादेखि कांगडासम्मको भूमिबाट तुरुन्त आफ्नो पुरानो भूमिमा जाऊ ।

आशा छ, तिमीले आफ्नो काल निम्त्याउने छैनौ ।