सुशासन कायम गराउन सूचना आयोगले मद्दत गरेको प्रधानमन्त्री देउवा भनाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान २०७२ ले गरेका सबै व्यवस्थाको कार्यान्वयनमा सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण देउवाले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार मौलिक हकको कार्यान्वयनमा प्रतिबद्ध रहेको समेत बताए ।

सूचनाको हक कार्यान्वयनका लागि गठित आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउँदै प्रधानमन्त्री देउवाले आयोगको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । त्यस क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाहरू संवेदनशील हुनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संवैधानिक रुपमा व्यवस्था भएको महत्त्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागि परेको जानकारी दिएका थिए ।

आयोगका सचिव भागिरथ पाण्डेयले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको बताए ।