१२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गर्दै विद्यालय खोल्न पाइने

काठमाडौं । कोभिड १९ को तेश्रो लहरका रुपमा ओमिक्रोन फैलिएको भन्दै सवारी साधनमा जोर विजोर एवं विद्यालय वन्द गर्न गरिएको निर्णय क्रमश खुकुलो हुँदै गएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको वैठकले जोरविजोरको अन्त्यसँगै फागुन १ गतेदेखि जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सक्ने गरी निर्णय गरेको छ ।

आईतबार गरिएको निर्णयले आगामी फागुन १ गतेदेखि शारीरिक रुपमा नै विद्यार्थीहरुलाई उपस्थित गराएर विद्यालय सञ्चालन गर्न पाईने भएको हो । तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन वैठकले निर्देशन समेत दिएको छ ।