राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेको छ ।

विभागले मकवानपुर मनहरि–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहा विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले आरोपी सात जनाविरुद्ध ५८ लाख ७९ हजार ७४६ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।