लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं- वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे-२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । लामा निधन भएको खवर लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।

आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नु भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

स्वर्गीय लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनु भएको थियो ।