नो एमसिसी: माओवादीले मसाल बाल्यो

काठमाडौं । फाल्गुन १२ गते दिनभरि माइतीघरदेखि बानेश्वरको संसद भवन वरिपरि प्रहरी र नागरिक भिडन्त जारी रह्यो । सय राउण्ड टियर ग्यास र सयौं रवरका गोली हानेर पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेन ।

उता सरकारले शुक्रवार १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेको छ । कुनै पनि हालतमा एमसिसी पारित गर्न सरकार कटिवद्ध देखिएपछि माओवादी र एकीकृत समाजवादीको एमरजेन्सी बैठक बसिरहेको छ ।

यता यतिबेला साँझ माओवादी, क्रान्तिकारी, समाजवादीलगायतका युवाहरुले मसाल जुलुस निकालिरहेका छन् । सिङ्गो राजधानी मसाल जुलुसका कारण जंगलमा आगलागी भएसरह दनदनी बलिरहेको झैं देखिन्छ ।
मसाल जुलुसवालाको एउटै नारा छ– नो एमसिसी । एमसिसी मूर्दावाद । राष्ट्रघाती मूर्दावाद