रुसी फौजद्वारा युक्रेनको दक्षिणी शहर खेअरसन कब्जा

किभ । युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा पुगेको छ । रुसी हमलाको सातौँ दिन खेरसन रुसी फौजको कब्जामा पुगेको हो ।

सो सहरका मेयरले औषधी र खानेकुरालगायत खाद्यान्नको आपूर्ति सुनिश्चितका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न आह्वान गर्नुभएको अन्तराष्ट्रि समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिनुभयो । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

उता उत्तर पश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपत्कालीन कर्मचारीहरूले रुसी सेनाको मिसाइल हमलामा आवासीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरूले जनाएका छन् ।

हवाई, स्थल र समुद्री मार्गबाट ​​रुसले युक्रेनमा आफ्नो विनाशकारी आक्रमण जारी राखेको छ। युक्रेनमा कम्तिमा ५३६ नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।