सेटिङमा सेयर कारोबार हुने अर्थमन्त्रीको आरोप

काठमाडौं । नेपालमा शेयर कारोबार सिमित व्यक्तिहरुको सेटिङ्गमा हुने गरेको अर्थमन्त्री जनार्दन शर्माले आरोप लगाउँदै सेयरबजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी समेत गरेका छन् । पूँजी बजारबारे बुधबार मन्त्रालयमा भइरहेको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गरेका हुन् ।

‘सेटिङमा सेयर कारोबार भइरहेको छ, कसरी गर्छन् भन्ने पनि थाहा भइसक्यो’ अर्थमन्त्री शर्माले भने, ‘यी समस्या समाधान गर्न धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त नेतृत्वले ध्यान देओस् ।’ आजैबाट पूँजीबजार सुधार नयाँ ढङ्गबाट अघि बढाउन पनि उनले निर्देश गरे ।

यसबीच ‘फलानो पार्टीको फलानो मन्त्री भएकाले सेयर बजार घटेको’ भन्दै राजनीतिकरण गरिएकोप्रति पनि अर्थमन्त्रीले आपत्ति जनाएका छन् । आफूले सबै लगानीकर्ताको सुरक्षा र हितका लागि पूँजी बजारलाई स्वच्छ र पारदर्शी बनाउन खोज्दा निश्चित स्वार्थ समूहले यस्तो हल्ला फैलाएर सबै लगानीकर्तालाई दिगभ्रमित पार्न खोजेको पनि दाबी गरेका छन् । अर्थमन्त्रीले अहिले मन्त्रालयमा पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।

छलफलमा नेपाल धितोपत्र बोर्ड ९सेबोन० का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका हुन् ।