सुरु हुदै माओवादी केन्द्रको केन्द्रिय समिति बैठक

काठमार्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अहिले सुरु भएको छ । शुक्रवार स्थगित गरिएको केन्द्रिय समितिको बैठक आज गौशालास्थित अनुपम फुडल्याण्डमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन, गरी कार्यविभिाजन, निर्वाचनको तयारी एमसीसीका विषयमा छलफल हुने जानकारी गराएका छन् । केनिद्रय बैठकमा पार्टी सङ्गठन र निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय समिति बैठकमा समसामयिक, राजनीतिक, परिस्थिति र एमसीसी बारे नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाको विषयमा धारणा व्याक्त गरेका छन् । पार्टीको विधान अनुसार ६३ जना केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुङ्गो लगाउन बाँकी रहेको बताएका छन् ।