युक्रेनमा फेरी आक्रमण, १५ लाख मानिस शरणार्थी बने

काठमार्डौ । सोमबार रुसी सेनाले युक्रेनी सहरहरूलाई जल, थल र नभ समुद्र, जमिन र हवार्इबाट आक्रमण गरेका छन् । सेनाले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको जानकारी गराएका थिए । निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थी भई बाहिरिएका छन् । अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् भन वाशिंगटनले युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएका छन् ।

टोकियो र हङकङका बजारहरू ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभ लगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको बताएका छन् युक्रेनको सशस्त्र बलका जनरल स्टाफले भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द बताएको छन् । रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको र क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरुले महत्वपूर्ण पूर्वाधारका साइटहरूलाई निशाना बनाई मानवीय हताहत भने नभएको जानकारी दिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृत्युको संख्याको बिरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनालाई एक सम्बोधनमा जानाजानी गरेको हत्या हो भनी आरोप लगाउका छन् । माफ गर्दैनौं, भुल्ने छैनौं, युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौं भनीएको छ । यो पृथ्वीमा चिहान बाहेक कुनै शान्त ठाउँ हुने छैन समेत भनेका छन् । ।

संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी सङ्कट देखिएको छ । युक्रेन छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् । असहमति व्यक्त गर्नेहरुलाई कठोर सजायको बावजुद जारी प्रदर्शनको क्रममा १० हजार भन्दा बढी मानिसहरूलाई गिरफ्तार गरिएको छ ।

रुसी सेना अगाडि बढ्ने बाटोमा बम विस्फोटकहरू रोप्ने काम गरिरहेका छन् । युक्रेनका छिमेकीहरूलाई पनि सशस्त्र द्वन्द्वमा संलग्न हुन सक्ने भन्दै किभको सैन्य विमान होस्ट नगर्न चेतावनी समेत दिएका छन् ।