२२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरिएको कोरोना भाइरसको परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा दिइएको जानकारी अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा र तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २५१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु नभएको उहाँले जानकारी दिनुभयो । नेपालमा हाल पाँच हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेको प्रवक्ता डा मिश्रले बताए ।