ताप्लेजुङको फुङलिङस्थित कोप्चेमा आगलागी

98721086

काठमार्डौ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो । स्थानीयवासीका अनुसार बिहान ८ बजे अचानक आगलागी सुरु भएको बताएका छन्

आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका स्थानीय बासीले बताएका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने अबस्था भएको बताउछन् । थप विवरण आउन बाँकी छ । वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो पहिलोपटक आगलागीको घटना भएको बताउछन् ।