भ्रष्टाचार रोक्न स्थानीय मन्दिरमा कसम खुवाउदै लिङ्देन

काठमार्डौ । मोरङको सुन्दर हरैंचामा आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै राजेन्द्र लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारहरुले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा गई भ्रष्टाचार जन्य कुनै पनि काम नगर्न कसम खानुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा समेत गरेका छन् । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिदै राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्ने जानकारी गराएको छ ।

भ्रष्टाचारको अन्त्य गर्नका लागि संघीयता प्रदेशको खारेजी प्रमुख शर्त रहेको कुरामा जोड समेत दिएका छन् । सोही कार्यक्रममा मन्तव्य दिँदै राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताइन् । नायिका रेखाले भन्नि अहिलेका नेताहरूले पटक पटक देशलाई बर्बाद पारेको र अब नेपाललाई अगाडि बढाउन नेपालवाद र नेपाली माटो सुहाउँदो र नयाँ सिद्धान्त जन्माउन राप्रपामा लागेको हो ।