गोरु ब्याउँदैन भन्थे, नेपालको सर्वोच्च अदालतमा ब्यायो, पाँचवटा बाच्छा पनि पायो, केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । पोखरामा शुक्रबार एप्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गदै ओलीले जनादेशको आदेश पालना गर्ने कि परमादेशको पालना गर्ने भन्दै सर्वोच्चमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।

आफू प्रधानमन्त्री रहँदा संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा सर्वोच्चले त्यसलाई उल्ट्याइदिएर परमादेशमा देउवा सरकारको बाटो खुलाइदिएको प्रसंगलाई गर्दै ओलीले गोरु ब्याएको टिप्पणी गरेका छन् । ओलीले सर्वोच्चमा ब्याएको गोरुले पाँचवटा बाच्छा पनि पाएको समेत भनेका छन् ।

आलीले एकजना न्यायाधीशलाई अमेरिकाबाटै मेल आउँछ । केपी ओली सरकार ढाल्नु नै थियो । संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ वा एउटा जननिर्वाचित प्रगतिशिल सरकारलाई ढालेका छौँ । यो दुनियाँमा नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर, नेपालमा एकपल्ट एक जनाले भनेका थिए गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा नै ब्यायो । गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पनि पायो भनेका छन् ।