हत्या गरेको आरोपमा दुईजना पक्राउ

कैलाली । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या गरेको आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको छ

प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीका अनुसार दुई जना मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको अनुसन्धानबाट खुलेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । गुप्ता धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका जानकारी छ ।