नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नी

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफुमा एक्वायर गाभ्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको बताएका छन् । नबिल बैंकले एनबीबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता पनि गरेको थियो ।

नेपालकै ठूलो बैंक बन्ने योजनालाई साकार पार्नका लागि नबिलले एनबीबीलाई गाभेको हो । एनबीबीसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ पुग्नेछ । हाल नबिलको १४१ र एनबीबीको १०० वटा शाखा सञ्चालनमा रहेका छन् । एटीएम संख्या पनि २९२ वटा पुग्नेछ । नबिलको १८७ र एनबीबीको १०५ वटा एटीएम सञ्चालनमा छन् । नबिलसँग १३ सय २८ र एनबीबीसँग ९६८ कमचारी रहेका छन् ।

नबिलले एनबीबीको सेयर ४३ रुपैयाँका दरले खरिद गर्नेगरी प्रारम्भिक सम्झौता गरेको हो । यी दुई बैंकको सम्पत्ति तथा दाहित्व डीडीए मूल्यांकन भने तयार भइसकेको छैन । डीडीए प्रतिवेदनको आधारमा अहिलेको मूल्य केही तल माथि पनि हुन सक्ने सम्भावना भएको छ । दुई बैंकले डीडीएको प्रक्रिया पनि अघि बढाइ सकेका छन् भने अबको १५, २० दिनमा डीडीए सकिनेछ । ३ महिना भित्रमा कर्मचारी र शाखाहरु व्यवस्थापनको टुंगो लागएर जेठ मसान्त भित्रमा एकीकृती कारोबार सुरु गर्ने नबिलको बैंकको उदेश्य छ ।

नबिलले एनबीबीलाई हाल खरिद गरेको स्वाप रेसियो अनुसार बैंकको चुक्ता पुँजी २२ अर्ब ६४ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुनेछ । नबिलले एनबीबीको स्वामित्व १४३ रुपैयाँमा खरिद गरेको हो । हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र बंगलादेश बैंकको १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ छ । नबिल र नेपाल बंगलादेश राष्ट्र बैंकबाट अनुपति प्राप्त वाणिज्य बैंक पनि हुन् ।

वित्तीय सेवा प्रदान गर्नका लागि यी दुई बैंकको स्थापना भएको हो । दुई बैंकका लक्ष्ति ग्राहक र व्यवसायको प्रकृति भने अलि भिन्न छ । नबिल बैंकको शक्ति भनेको कर्पोरेट क्षेत्र र एनबीबीको निर्माण क्षेत्रमा काम गर्नेलाई बैंक ग्यारेन्टी दिने र नबिल बैंकले आयोजनामा लगानी गरिरहेको छ भने एनबीबीले त्यसको ठेकेदारहरुमा लगानी गरिरहेका छन् ।

नबिल बैंकसँग हाल करिब ३० अर्ब रुपैयाँ बराबरको प्राथमिक पुँजी कोष छ । एउटा बैंक तथा वित्तीय संस्थाले एक क्षेत्र तथा व्यवसायीक घरानामा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउँछ । साथै, ट्रेडिङ लगायत अन्य व्यवसायमा प्राथमिक पुँजीको साढे ७ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । एनबीबी बैंकसँग हाल करिब १५ अर्बको प्राथमिक पुँजी छ । दुवै बैंकको प्राथमिक पुँजी जोड्दा करिब ४५ अर्ब रुपैयाँ छ ।

एनबीबीलाई गाभे पछि नबिलको लगानी गर्ने क्षमता पनि वृद्धि हुनेछ । राष्ट्रिय गौरवका तथा निर्माणका क्रममा रहेका ठूला आयोजनामा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहनेछ । स्वदेशी वित्ती प्रयोगगरी मुलुकलाई सम्पन्न बनाउन पनि नबिल बैंकले अहम भूमिका निर्वाह गर्नेछ । यस मर्जरले नबिल बैंक बैंकिङ क्षेत्रको लिडर बैंकको रूपमा उभिने अभियानका जुटेको छ ।

राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायमै रहने छ ।

नबिल बैंकले २ खर्ब १५ अर्ब २० करोड र एनबीबीले ७४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एनबीबीलाई गाभेपछि नबिलको कर्जा २ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । नबिल बैंकसँग करिब ११ लाख ग्राहक र एनबीबीसँग ५ लाख ग्राहक छन् । नबिलको मुद्दती निक्षेप खाता ३३ हजार ९४, चल्ती निक्षेप खाता ९३ हजार ८८, बचत निक्षेप खाता ९ लाख ४८ हजार ४६६, कल निक्षेप खाता ४ हजार ५१२, मार्जिन निक्षेप खाता ८ हाजर ७४३ र अन्य निक्षेप खाता ६३५ वटा रहेका छन् ।

एनबीबी बैंकको मुद्दती निक्षेप खाता १३ हजार ४४३, चल्ती निक्षेप खाता ६८ हजार ९१, बचत निक्षेप खाता ४ लाख १९ हजार ६४२, कल निक्षेप खाता १ हजार ५०९, मार्जिन निक्षेप खाता २ हाजर ४९ र अन्य निक्षेप खाता ५ वटा छन् । नबिलले एनबीबीलाई गाभे पछि ग्राहकसंख्या करिब १६ लाख पुग्ने अनुमान रहेको गरेको छ ।