न्यायालयको छवि उच्च राख्न आफ्नो पेसाप्रति इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती


काठमार्डौ । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै , महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।

कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन महान्यायाधिवक्ता खालीले भनेका छन् । न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताए । श्रेष्ठले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको बताएका छन् ।

खातीले पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी भएका छन् , भने बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन् ।

महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गर्नुभएको थियो । बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गर्नुभएको हो ।