सुनको मूल्य तोलामा ६०० ले घटेयो

काठमार्डौ । नेपाल सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको छ । हिजो सनिबार छापावाला सुन प्रतितोला ९९ हजार ८०० मा कारोबार भएको थियो । आज फेरी तोलामा ६०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ३०० थियो । आज चाँदीको मूल्य भने सनिबारको कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७५ मा आएको महासङ्घले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।