३१ करोड २५ लाख मूल्य बराबरको आइपिओ खुला

काठमार्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको छ ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशतअर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशतअर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख गरेको छ ।

सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जानकारी गराएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु ४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत १२ अर्ब ८ करोड हुने अनुमान गरेको छ ।

कम्पनीको अधिकृत पुँजी रु पाँच अर्ब र हालको जारी पुँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी २ अर्ब ५० करोड छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रानुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयर ९३१ लाख २५ हजार कित्ता० बाँडफाँटपश्चात् चुक्तापुँजी रु तीन अर्ब १२ करोड ५० लाख पुग्ने बताउछन् । यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरी सकिएको कम्पनीले बताइएका छन् ।

ताजा अपडेट