संविधानले दिएको जिम्मेवारी पुरा गर्न सङ्गठन तयार : प्रधानसेनापति

काठमार्डौ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् ।

५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पारेका छन् । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको बताए । प्रधान सेनापति शर्माले भनेका छन् ।

संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र सीप स्वदेशमा नै उपयोग गर्नूस् । सम्मेलनमा ज्येष्ठ भूपूसैनिक तथा एकल महिलाको सम्मान तथा अशक्तलाई ह्विलचियर उपलब्ध गराइयोको छ । भने चारजना वा सोभन्दा माथि सन्ततिलाई सेनामा सेवा गर्न प्रेरित गर्ने बाबुआमालाई पनि सम्मेलनमा सम्मान गरिएको बताएको छ ।

सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट, औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रुपमा लिने गरेका छन् । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार रहेको छ ।

सम्मेलनका क्रममा प्रस्तुत भएको संस्कृति झल्कने नाचगानसहितको झाँकी हेरेर भूपूसैनिक र उनका परिवार फुरुङ्ग देखिएको छ । भूपूसैनिकको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई व्यवसाय सञ्चालन प्रवद्र्धनमा सहयोग पु¥याउँदै आएको हुँदा, सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाट नै दिने उद्देश्यले हिताधिकारीलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको स्पष्ट पारेको छ ।

बहुजन हिताय, बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका आफ्ना सदस्यलाई स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको बताएको छ । सम्मेलनमा दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, अछाम र वैतडीमा स्थायी वसोवास भएका करिब ५५० भूपूसैनिकको सहभागिता रहेको थियो ।