बालिका बलात्कार गर्ने युवा पक्राउ

काठमाडौ । भक्तपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । १४ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका २ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको बताएका छ ।

नाबालिकालाई जबरजस्ती गरेको सम्बन्धमा तामाङलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएका छन् ।