विमानस्थल परिसरमा एक युवकको शव फेला

काठमार्डौ । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

सुर्खेत घर भएका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएको हो ।

ऊनलाई किन र कसले घटना घटाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको प्रहरी मधुसुदनले बताएका छन् ।