छत्तीस वर्षपछि ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने

काठमार्डौ । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । २०४२ साल देखि पुर्जाविहिन नागारीकहरुलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको राष्ट्रिय आयोगले बाताएको छ ।

आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिइएका छन् ।

आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो । विगतमा बनेका भूमिसम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको अध्यक्ष पौड्यालले बताइएका छन् ।

लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा भेरीगङ्गा बासिन्दाहरु बैंकिङ कारोबार, विद्युत्लगायत सेवाबाट वञ्चित भएका थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको ८ हजार १५५ रोपनी जग्गाको नक्साङ्कन गरिएको छ । सुर्खेतमा ५ हजार ९९४ भूमिहीन घरपरिवारको लगत सङ्कलन गरिएकामा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएको जानकारी छ ।

निवेदनमाथि छानबिन, मिसिल भिडाउने, नापी र मालपोतमा रुजु गर्नाका साथै निवेदनमा छुटेका कागजात माग गरी कित्ताकाटको प्रक्रिया सुरु गरेका आयोगका जिल्ला अध्यक्ष पौड्यालको भनाई रहेको छ । प्राविधिक टोलीले पुर्जा वितरणका लागि सबै तयारी गरिरहेको भन्दै अबको एक हप्ता भित्र पुर्जा वितरणको काम सुरु गर्ने गरी तयारी भइरहेको बताएका छन् ।