पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने : उपराष्ट्रपति पुन

काठमार्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताइएको छ । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुराउने सञ्चार माध्यमको ठुलो भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ रहेको छ ।

पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको बताउदै हरेक नागरिकहरुमा चेतना बढ्दा गुनासो बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ भन्दै पत्रकारहरुले आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिइएका छन् । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको राष्ट्रपति पसनले बताइएका छन् । पत्रकार महिलाहरुले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा जोड दिदै पुनले भने पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने समेत भनेका छन् ।