राष्ट्रपति भण्डारी र विदेशमन्त्री वाङबीच शिष्टचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेको छ । उहाँहरूबीच पुरानो नेपाल र चीन मैत्रीबारे विचारविमर्श भएको छ ।

ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध विविध कार्य उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले भण्डारीले व्यक्त गर्नुभएको छ ।

नेपालको सामाजिक,आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुभएको छ । आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुगेका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरिएको थियो ।