मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

काठमाडौँ । ललितपुरमा गए राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरीको मृत्यु भएको छ । भने एक प्रहरी गम्भिर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने रहेको छ । दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी गराइएको छ ।

गएराति डिउटी सकेर ललितपुर महानगरपालिका २ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको जानकारी गराएको छ । प्रहरी नवीन न्यौपानेको राती २ः३० बजे मृत्यु भएको प्रहरीले बताएका छन् ।