बस दुर्घटनामा चारको मृत्यु

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको फुलजोर खोलाको पुलबाट बस तल खस्दा चार जनाको मृत्यु भएको छ । बस र्दुघटनामा ३० जना घाइते भएका छन् ।

वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जानकारी गराएको छ । बस दुर्घटनामा चालकसमेत घाइते भएका छन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिइएको छ ।