हातहतियार बुझाउन प्रशासनको आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकरी दिइएको छ । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताएका छन् ।

प्राप्त सूचना अनुसार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।