चन्द्रागिरी केवलकारमा ४० यात्रु तीनघण्टा झुण्डिए, विज्ञापनको लोभमा समाचार ब्लाकआउट

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्र ढकाल सञ्चालक रहेको चन्द्रागिरी केवलकार मंगलबार तीनघण्टा वन्द हुँदा केवल कारमा सवार ४० जना कार भित्रै अत्तालिएर बस्नु परेको छ ।

चन्द्रागिरी हिल्सले केवलकार तीनघण्टा वन्द भएको स्वीकार गरेको भएपनि मानवीय क्षति भने नभएको बताएको छ । तर केवलकारमा यतिधेरै नागरिकहरु त्रासमा ३ घण्टा झुण्डिएर बस्नु पर्दा आफूलाई ठूला सञ्चार माध्यम भन्नेहरुले समाचार प्रकाशन प्रशारण लुकाएका छन् ।

स्वतन्त्र पत्रकारिताको बहस गर्ने नेपाली सञ्चार क्षेत्रका केही सिण्डिकेटधारीहरुले केवलकारको समाचार लुकाएका हुन् । विशेष गरी सञ्चार माध्यमहरुमा आर्थिक बीटमा समाचार लेख्ने सञ्चारकर्मी, बजारव् व्यवस्थापकको मिलेमतोमा नै चन्द्रागिरीको समाचार प्रकाशनमा नआएको बताएको छ ।

चन्द्रागिरीको केवल कार रोकिएको र यात्रुहरु केवलकारमा नै झुण्डिएको खवर प्रहरीले पाएसँग थानकोट प्रहरीले भने दुई प्रहरी निरिक्षणको नेतृत्वमा सुरक्षा टोली नै खटाएको थियो । चन्द्रागिरी हिल्सका सञ्चालक उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल संलग्न अधिकांश उद्योगहरुको विज्ञापन प्रकाशन गरिरहेका कारण सञ्चार माध्यमहरुले नागरिकहरुले पाउनु पर्ने सूचनाको हकलाई समेत धज्जी उडाउँदै विज्ञापन रोकिने डरले समाचार नै प्रकाशन गरेनन् ।

नेपाल टेलिभिजनका वरिष्ठ समाचार प्रमुख राजेन्द्रराज तिमिल्सेनाले सामाजिक सञ्जाल मार्फत यतिे ठूलो घटनालाई सञ्चार माध्यमहरुले थाहा पाएनन् भन्दै कटाक्ष गरेका छन् । त्यस्तै अर्का पत्रकार कुसम भट्टराईले पनि नेपालका ठूला मिडियाहरुले सिण्डिकेट लागू गरेको भन्दै समाचार व्लाक आउट गरेको आरोप समेत लगाएका छन् ।

हुन पनि चन्द्रागिरी केवलकार रोकिएको र यात्रुहरुको रुवाबासी भएको खवर साना लगानीका सञ्चार माध्यमहरुमा मात्र आउनुले पनि कर्पोरेट संस्थाहरुले सञ्चार गृहहरुलाई आफ्नो कब्जामा लिईसकेका छन् भन्ने कुराको पुष्टि गरेको छ ।