भ्रष्टाचारविरुद्ध म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । युवा गायक रिवाज सिंह सुनारले ‘देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने खालको गम्भिर सन्देश रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देश विकास’ बोलको म्युजिक भिडियोमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले विषेश ध्यान दिनुपर्नेमा जोड दिइएका छन् ।

देश विकास बोलको गीतमा गायक सुनारकै स्वर, शब्द र सङ्गीत भरेका छन् । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा सो गीतमा समेटिएको छ । पछिल्लो समय देशमा विभिन्न क्षेत्रमा विकास निमार्णको नाममा ठूला बढा नेताहरुले भ्रष्टाचार गर्दै आइएका कारण सो गितबाट तिनै नेताहरुले बुझनको लगी भ्रष्टचाबिरुद्धका देश विकास सम्बन्धी गित सावर्जानि गरेको छ ।

उक्त गीतको श्रव्यदृश्यमा धु्रव विश्वकर्मा, निश्चल कार्की र प्रमोद श्रेष्ठको अभिनय देख्न सकिन्छ । सम्भव सुवेदीले छायाङ्कन र सम्पादन गरेको उक्त भिडियोमा कल्याण थापाको निर्देशन गरेका छन् । गायक सुनारको च्यानलबाट ‘रिवाज सिंह सुनार’ मार्फत देश विकास बोलको म्युुजिक भिडियो सार्वजनिक गरिएको छ ।