सांसद रहलान त ? माधव नेपाल ? आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको आज अन्तिम सुनुवाइ भएको छ । के सांसदमा रहलान त ? माधबकुमार नेपाल ?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भईरहेको जानकारी छ । फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइको लागी आइतबारको मिति तोकेका बताइएका छन् ।

नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदहरुलाई सभामुखले पदमुक्त नगरेको आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए।

१४ जना सांसद माथि पटकपटक सर्दै आएको रिटमा आइतबार फैसलामा जानेगरीआज अन्तिम सुनुवाइ भएको छ । सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको हो । आज बसेको बैठका भएको सुनुवाइ सकिएसँगै अदालतले माधब नेपालसहित १४ जना सांसदहरुलाई फैसला सुनाउने निर्णय भएको जानकारी छ ।