दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, दुई वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्योको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर २ हजार ४९८.५३ मा झरेको छ ।

ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४६ अङ्कले घटेर ४६६.५६ मा ओरालो लागेको छ । कूल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर रु एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.१६, व्यापार ३२.१९, होटल तथा पर्यटन २२.३६, विकास बैंक २४.५८, जलविद्युत् २२.४६, वित्त १३.६५, निर्जीवन बीमा २००।१३, उत्पादन १५.३४, अन्य २०.६, लघुवित्त २२.११, जीवन बीमा ११७।४५, सामूहिक लगानी कोष ०.०२ र लगानी ०४१ अङ्कले ओरालो लागेको बताइएका छन् ।

इमर्जिङ नेपाल कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ बराबरको कारोबार भएको छ । नबिल बैंक भने ५ करोड ६७ लाख ८७ हजार ८७६, सूर्य लाइफ इन्स्योरेन्स ४ करोड ६३ लाख ४८ हजार, अरुण भ्याली हाइड्रोपावर ३ करोड ९१ लाख २ हजार ८८६ र नेपाल दूरसञ्चार कम्पनी ३ करोड ६९ लाख ३३ हजार ५९१ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् । सोमबारको कारोबार पछि बजार पूँजीकरण ३५ खर्ब ४७ अर्ब २८ करोड १२ लाख ७० हजार ४०१ बराबरमा सिमित भएको नेप्सेले बताएका छन्