आवश्यकताअनुसार तालमेल गर्ने , निर्वाचनमा जथाभाबी टिकट वितरण नगर्न आग्रह : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरेका छन् । स्थानीय चुनाबमा जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदावरलाई टिकट दिनुपर्छ भन्दै उनले भने प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपनेमा जोड दिइएका छनु ।

नेता काइरालाले तालमेलका नाममा २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताएका छन् ।

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भने एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल्ने भनी विषयमा व्यवस्थापन गर्ने बताए ।

स्थानीय चुनाबको लागी कांग्रेस नेता जगदिश नरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगायतले निर्वाचनमा र तालमेलका बारेमा पार्टीले गम्भीर भएर लाग्नु पर्ने कार्यकर्तालाई निर्देशन दिइएका छन् ।