कक्षा १० मा अध्ययनरत छात्राको हत्या, हत्यरालाई कडा सजायको माग

काठमाडौँ । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ मा एक छात्राको हत्या भएको छ । हत्या हुनेमा कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको होे । सुनुवारको यसोदा खोलामा शव भेटीएका हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक साहका अनुसार उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको बताएका छन् ।